Login

नेपाल बार एशोसियनका नवनिर्वाचित पदाधिकारीलाई लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको बधाई

8th May, 2025
Lumbini Integrated Academy

नेपाल बार एशोसियनको २७ औं निर्वाचनबाट निर्वाचित उपाध्यक्ष अधिवक्ता कृष्णप्रसाद पोखरेल र केन्द्रीय सदस्य अधिवक्ता इन्दिरा आचार्यलाई लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले बधाई तथा शुभकामना व्यक्त गरेको छ आज एकेडेमीमा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गर्दै एकेडेमीका प्रमुख कार्यकारी अधिकृत पुरन खड्काले बार एशोसियनमा धेरै भन्दा धेरै अधिवक्ताहरूलाई समेट्नको लागि सदस्यतासँग सम्बन्धित मापदण्डहरूमा सुधार गर्नुपर्ने बताए
कार्यक्रमममा बोल्दै अधिवक्ता कृष्णप्रसाद पोखरेलले बार र बेञ्चको सम्बन्धबारे कानुनका विद्यार्थी जानकार हुनुपर्ने बताए पोखरेलले कानुन अध्ययनरत विद्यार्थीहरूलाई पनि समेट्दै जाने बताए त्यसैगरी अधिवक्ता इन्दिरा आचार्यले वकालत अदालतमा मात्र नभएर सडक र समाजमा पनि हुने बताउँदै नयाँ पुस्ताका अधिवक्ताहरू हरेक विषयमा दक्ष बन्दै जान सल्लाह दिइन् कार्यक्रम एकेडेमीका ऐकेडेमीक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो

You have to login to leave a review