Login

सुनवलमा नयाँ फर्निचर शोरुम सञ्चालनमा

11th February, 2025
Bhairab Enterprises And Furniture Showroom
 सुनवल -  स्थानीय व्यवसायिक क्षेत्रलाई अझ विस्तार गर्ने लक्ष्यसहित ‘भैरब इन्टरप्राइजेज एण्ड फर्निचर शोरुम’ ले आफ्नो नयाँ फर्निचर शोरुम सञ्चालनमा ल्याएको छ l शोरुमले आधुनिक तथा परम्परागत डिजाइअनुसारका विभिन्न प्रकारका फर्निचर सामग्री उपलब्ध गराउने जनाएको छ शोरुम उद्घाटन समारोहमा स्थानीय व्यवसायी, उपभोक्ता तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो l संस्थाका सञ्चालकले ग्राहकहरूको आवश्यकताअनुसार गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै भने, "हामी उपभोक्तालाई सुलभ मूल्यमा उत्कृष्ट सेवा दिने लक्ष्य राख्छौं" l शोरुममा सोफा, बेड, टेबल, कुर्सीदेखि लिएर अफिस तथा घरायसी प्रयोजनका उच्च गुणस्तरका फर्निचर सामग्री पाइनेछ साथै, ग्राहकको इच्छाअनुसार कस्टमाइज डिजाइनका फर्निचर अर्डर गर्न सकिने सुविधा समेत उपलब्ध गराइएको छ l स्थानीय उपभोक्ताले गुणस्तरीय फर्निचरका लागि अन्य शहरमा धाउनुपर्ने झन्झट हटेको भन्दै खुसी व्यक्त गरेका छन् l व्यवसाय प्रवर्द्धन तथा रोजगारी सिर्जनाका हिसाबले समेत यस शोरुमको सुरुवात सकारात्मक कदम भएको स्थानीय व्यापारीहरूको भनाइ छ l भैरब इन्टरप्राइजेज एण्ड फर्निचर शोरुम ग्राहकलाई उत्कृष्ट सेवा दिन सधैं तत्पर रहेको जनाएको छ l
You have to login to leave a review