निशुल्क कम्प्युटर तालिम सम्पन्न
27th June, 2024Mahakavi Devkota Campus
महाकवि देवकोटा क्याम्पस स्नातक तह अन्तर्गत व्यवस्थापन सङ्काय (BBS) र शिक्षाशास्त्र सङ्काय (B.Ed.) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुमा अतिरिक्त क्षमता विकास गर्ने उद्धेश्यले मिति २०८१/०२/२७ गतेबाट सञ्चालित दश दिने निशुल्क कम्प्युटर तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको समापन कायक्रममा प्रमुख अतिथि लामिछानेले पाठ्यक्रमले निर्दिष्ट गरेको विषयवस्तुले मात्र विद्यार्थीहरुलाई वर्तमानको बजारमा गएर प्रतिष्पर्धा गर्न असहज हुने तथ्य मध्यनजर गर्दै विद्यार्थीहरुमा अतिरिक्त सीपको विकास गर्नको लागि कम्प्युटर तालिम सञ्चालन गरिएको विचार व्यक्त गर्नुभयो उक्त कम्प्युटर तालिममा दुवै सङ्कायका गरी ७० जनाको सहभागिता रहेको थियो क्याम्पसको आफ्नै स्रोत र साधनको प्रयोग गरी सञ्चालन गरिएको सो तालिममा आइ.टि. शिक्षक सन्दिप ढकाल र क्याम्पसको इ.एम.आइ.एस. का कर्मचारी सौरभ खड्काको प्रशिक्षण रहेको थियो सो कम्प्युटर तालिममा MS Word, Excel, Powerpoint, Facebook Page Management, Designing, Internet and Security, Computer Software लगायतका विषयहरु प्रशिक्षण गरिएको थियो उक्त अवसरमा सभाध्यक्ष ढकालले वर्तमान समयको निकै उपयोगी कम्प्युटर शिक्षाले विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउन विचार व्यक्त गर्नुभयो कार्यक्रममा सार्वजनिक सूचना शाखाका संयोजक हरिदत्त शर्माको सञ्चालन रहेको थियो
You have to login to leave a review
